Saturday, July 4

न्यायाधीश भुवन गिरी पक्राउ

नेपालअखबार । बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन्।

Advertisement

गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

Advertisement
Advertisement

गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

Advertisement

पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ।

पछिल्लो समय गिरी न्याय परिषदमा कार्यरत थिए। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए।

गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानिएको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन।

पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिइन्।

न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन्।