Monday, April 20

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

नेपालअखबार,  बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Advertisement

चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३  जना संसादहरुले समर्थन गरेका छन् । यसअघि बिहीबार नै चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

l