Sunday, July 5

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

नेपालअखबार, दाङ। दाङमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।

Advertisement

बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडामा ५७ वर्षीया केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइको हत्या गरेकी हुन्।

Advertisement
Advertisement

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवाद हुँदा श्रीमतीले श्रीमानमाथि बञ्चरोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले हत्या आरोपमा केशरादेवीलाई पक्राउ गरेको छ।

Advertisement

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा टोली खटिएको थियो।  घटनाको कारण खुलिनसकेको कार्यालयले जनाएको छ।