Sunday, July 12

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एकीकृत ट्रेड युनियन महासंघ नेपालको महाधिवेशन हुने

नेपालअखबार, काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसीटीयूको महाधिवेशनको तयारी भएको छ ।

Advertisement

सामाजिक सुरक्षाको सफल कार्यान्वयन  सम्मानित श्रमिक एवं सुदृढ ट्रेड युनियन भन्ने मूल नाराका साथ एकीकृत ट्रेड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन ०८० बैशाख १८ देखि २० गते सम्म काठमाडौंमा हुने भएको हो ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मे वान अर्थात बैशाख १८ गते थापागाँउ स्थित बानेश्वर ब्ल्याङ्केटको हलमा दिनको १२ बजे अधिवेशन उद्घाटन हुने छ । अधिवेशनलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

Advertisement