Thursday, August 20

एन्फाले सागमा स्वर्ण जित्नेलाई साढें पाँच लाख दिने

काठमाडौं । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली यु–२३ पुरुष टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

Advertisement

एन्फाको आइतबार बसेको कार्यसमितिको बैठकले सागमा स्वर्ण विजेता टोलीका प्रत्येक सदस्यलाई नगद सम्मान प्रदान गर्ने निर्णय गरेको हो। उक्त बैठकले रजत विजेता महिला फुटबल टोलीका प्रत्येक सदस्यलाई एक लाख ५० हजार रूपैयाँ पुरस्कार दिने निर्णयसमेत गरेको छ। आइतबारको बैठकले विभिन्न तहको लिगका पुरस्कार रकमबारे पनि निर्णय गरेको थियो।  

Advertisement
Advertisement

महिला लिगको पुरस्कार रकम पनि तय भएको छ। महिला लिगको विजेताले १५ लाख र दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथोले ३ लाख रुपैयाँ पाउने भएका छन्। बैठकले सहिद स्मारक ‘बी’ र ‘सी’ डिभिजनमा भाग लिने क्लबलाई तयारीस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ। जसअनुसार ‘बी’ डिभिजनमा भाग लिने क्लबले १० लाख र ‘सी’ डिभिजनमा भाग लिने क्लबले तयारी स्वरूप सात लाख रूपैयाँ पाउनेछन्। ‘बी’ डिभिजन लिगको विजेताले १५ लाख, उपविजेताले आठ लाख र तेस्रो हुनेले तीन लाख रूपैयाँ पाउनेछन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *