Friday, July 24

अधिकांश बैँकको नाफा सामान्य बढ्यो

काठमाडाैँ । आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका केही बैँकहरुको नाफा सामान्य बढेको छ। हालसम्म वित्तीय विवरण सर्वाजनिक गरेका एक दर्जन बैँकमध्ये तीन बैंकको नाफा घटेको छ।

Advertisement

चालु आवको दोस्रो पुस मसान्तसम्म नेपाल बैँक, सिद्धार्थ बैँक र सिटिजन्स बैँकको नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएको हो। गत आवको तुलनामा चालु आवमा कर्जा लगानीमा वृद्धि नभएका कारण बैँकको नाफा घटेको राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। निक्षेप संकलन र कर्जा लगानीको सन्तुलन नमिलेका कारण बैँकहरुले ग्राहकसँग लिन ब्याजदर घटाएका छन् भने दिने ब्याजदर बढाएका छन्। चालु आवको ६ महिनाको अवधिमा बैँकको नाफा सामान्य बढेको उनले बताए।

Advertisement
Advertisement

नेपाल राष्ट्र बैँकले स्प्रेड दरमा कडाइ गरी रेट गणना विधि नै परिमार्जन गरेका कारण बैँकको नाफा घटेको उनले बताए। चालु आवको पुस मसान्तसम्म एनआइसी एसिया बैंकले ३३ प्रतिशतले खुद नाफा बढाएको छ। बैँकले सो अवधिमा दुई अर्ब एक करोड खुद नाफा गरेको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *