Monday, July 6

संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

नेपालअखबार, संखुवासभा। संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।

Advertisement

दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताए।

Advertisement
Advertisement

हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन्।

Advertisement

आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ।

मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। रासस