Monday, July 6

रास्वपा उपसभापति अर्याल भन्छन् : रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् ।

Advertisement

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए ।

Advertisement
Advertisement

रवि लामिछानेले फेरि चुनाव जितेर आएपछि प्रचण्ड रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको अर्यालले दाबी गरे ।

Advertisement

उनले पार्टी भित्र सरकारमा जाने र नजाने भन्ने दुवै प्रकारका मत रहेकाले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बसेर टुंगो लगाउने उनले बताए । अर्यालले भने, ‘सर्वसम्मत निर्णय हुन नसके बहुमतका आधारमा निर्णय लिन्छौ ।’उनले सभापति लामिछानेलाई प्रधानमन्त्री बन्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको पनि बताए ।  अर्यालले भने, ‘त्यस्तो प्रस्ताव आएको छैन । मैले यस्तो प्रस्ताव आएको  र भनी सभापतिलाई सोधे । उहाँले होइन भन्नुभएको छ ।’