
नेपालअखबार, पोखरा । समाजवादी प्रेस संगठन कास्कीको आज पोखरामा भएको भेलाले जिल्ला समिती पुर्नगठन गरेको छ । पुर्नगठित कार्यसमितिको अध्यक्षमा रुद्र वहादुर थापा चयन भएका छन् । समितिको उपाध्यक्षमा जैनव खातुन, सचिवमा भिम बहादुर थापा, सह सचिवमा मदन गिरी, कोषाध्यक्षमा रोहित वस्नेत र सदस्यमा कपिल पौडेल रहेका छन् ।
यस अघि भेलाको उद्धघाटन नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङले गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै गुरुङले मुलुक हाल अन्यौलपूर्ण अवस्थावाट गुज्रीरहेको वताउदै नेकपा एकिकृत समाजवादी बहुतै जिम्वेवारी ढंगले मुलुकका समस्या समाधानमा केन्द्रित भएको वताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छानविन गरि कारवाहीको दायरामा ल्याउन गुरुङले सरकारसंग माग गरे । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतको भूमिका यस वेला अझै महत्वपूर्ण रहेको वताउदै समाजवादी प्रेस संगठन संग आवद्ध पत्रकारहरुले राष्ट्रिय राजनितीमा देखिएको अन्यौलपूर्ण अवस्थाको वोध गर्दै जिम्वेवार र जवाफदेहीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने वताए ।
भेलालाई संवोधन गर्दै नेकपा एकिकृत समाजावदीका पेलिटव्यूरो सदस्य श्रीनाथ वरालले समाजवादी आन्दोलनको अगुवाई गर्न नेकपा एकिकृत समाजवादीको पुर्नगठन गरिएको वताए । समाजवादी प्रेस संगठन सम्वद्ध पत्रकारहरुले समाजको रुपान्तरण र समाजवाद प्राप्तीको आन्दोलनमा साथ दिन आग्रह गरे । समाजवादी प्रेस संगठन कास्कीका उपाध्यक्ष जैनव खातुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी कास्ककिा अध्यक्ष खड्ग हमाल, समाजवादी प्रेस संगठनका संस्थापक नवराज सुवेदी, नेकपा एमाले कास्कीका उपाध्यक्ष पूर्ण लामा, समाजवादी प्रेस संगठनका उपाध्यक्ष श्रीराम सिग्देल, केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नव निर्वाचित अध्यक्ष रुद्र वहादुर थापा, सचिव भिम थापा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

