Wednesday, July 29

समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको अध्यक्षमा परियार

नेपालअखबार, अर्घाखाँची । समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा अर्घाखाँचीको प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार सन्धिखर्कमा सम्पन्न अधिवेशनले सागर परियारको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्य समिति गठन गरेको छ ।

Advertisement

जसको उपाध्यक्षमा विक्रम आचार्य, महिला उपाध्यक्षमा सरु सुनार, सचिवमा नविन रसाइली, सह सचिवमा पूजा कुँवर, कोषाध्यक्षमा भावना घिमिरे भूसाल रहेका छन् । अधिवेशनको उद्घाटन शत्रमा मन्तव्य राख्दै नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रिय सदस्य मोहन गौतमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा सम्पूर्ण पत्रकार दृढतापूर्वक लाग्नुपर्ने बताउनु भयो  । उहाँले पत्रकार सधै सुशासन, प्रेस स्वतन्त्रता र आवाज विहिनको आवाज बन्न सक्नुपर्ने बताउनु भयो  ।

Advertisement
Advertisement

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धि प्रसाद भुसाल, समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र के.सी., प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, प्रेस सेन्टरका जिल्ला अध्यक्ष ऋिषि भुसाल, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, जनपत्रकार महासंघका प्रदेश सचिव अनिल नेपाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो  ।

Advertisement

कार्यक्रम समाजवादी प्रेस संगठन नेपालका जिल्ला ईन्चार्ज अशोक चौहानको अध्यक्षता, उपाध्यक्ष विक्रम आचार्यको स्वागत मन्तव्य र सचिव नविन रसाइलीको संचालमा सम्पन्न भएको थियो ।