Saturday, July 4

काभ्रेको पाँचखालमा पशु स्वास्थ्य क्लिनिक भवनको शिलान्यास

नेपालअखबार, काभ्रे । नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष तथा बागमती प्रदेशका निवर्तमान कृषि तथा पशुपन्छि बिकास मन्त्री बसुन्धरा हुमागाईले पशु स्वास्थ्य क्लिनिक भवनको शिलान्यास गर्नु भएको छ।

Advertisement

मंगलबार जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ मा एक समारोह बीच नेता हुमागाईले उक्त भवनको शिलान्यास गर्नु भएको हो । हुमागाई कृषि तथा पशुपन्छि विकास मन्त्री हुदा आफैंले सुरु गर्नु भएको एक वडा, एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम अन्तर्गत पाँचखाल नगरपालिका वडा न ६ मा एक वडा, एक पशु स्वास्थ्य क्लिनिक भवन शिल्यान्यास गर्नु भएकोमा हुमागाई प्रती आभारी हुदै  स्थानीयले खुशी व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

हुमागाईको पहलमा प्रदेश सरकारले कार्यविधि बनाएर पशु स्वास्थ क्लिनिक सुरु गरिएको थियोे । उहाँ १३ महिना मन्त्री पदमा बहाल रहँदा कृषकलाई राज्यले प्रदान गर्ने विभिन्न सेवा सुविधा , राहत , अनुदान लगायतका ३४ वटा कार्यविधि पास गराउनु भएको थियोे ।

Advertisement

छोटो समय मन्त्री हुदा पनि कृषकका पक्षमा केही महत्त्वपूर्ण काम गर्न सफल भएको स्मरण गर्दै एक स्थानीय भन्छन् ,ू उहाँ एक इमानदार र दृढ इच्छाशक्ति भएको नेता हुनु हुन्छ , वडामा एउटा पशु स्वास्थ उपचार केन्द्र राख्नु पर्छ भनेर उहाँले सुरु गर्नु भएको योजना उहाँले नै शिलान्यास गर्नु हाम्रो सौभाग्य हो । अब यो योजना उहाँले नै सम्पन्न गरिदिनु हुने छ भन्ने आशा राखेका छौ , एक स्थानीयको भनाइ छ ।

साथै नेता हुमागाईले आजै पाँचखाल नगरपालिकाका विभिन्न स्थानमा संचालित बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधीन  योजनाहरुको निरिक्षण गर्नु भएको थियो ।