Friday, July 3

देउवा-ओलीसँगको भेटबारे प्रधानमन्त्री प्रचण्डले भने: प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने हाम्रो सहमति छ

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने तीन दलका शीर्ष नेताहरूका बीचमा सहमति भएको बताएका छन्।

Advertisement

बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने आफूहरूका बीचमा सहमति भएको बताएका हुन्।

Advertisement
Advertisement

उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धति अनुसार काम गरिरहेको बताए।

Advertisement

उनले भने, ‘हामीहरूको भेट बढी चाहिँ सदनलाई कसरी सुचारू रूपले लैजाने, त्यहाँ समितिहरू बनाउने, संयुक्त समितिहरू बनाउने विषयमा नै छलफल हामीले गरेको हो। तपाईंहरूलाई लागेको छ त्यही एउटै केसमा होला भनेर त्यो चाहिँ होइन। आशंका गर्नुपर्ने केही कारण छैन। हामीले बिल्कुल क्लियर भाषामा भनेका छौं। दोषी कोही नछुटोस्। निर्दोष कोही नपरोस्। प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौं प्रहरीलाई। प्रहरीले आफ्नो काम गरेको छ।’

उनले अघि भने, ‘त्यसकारण यसमा दुविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन। जे भएको छ विधि, विधान अनुसार, नियम, पद्धति अनुसार प्रहरीले आफ्नो काम गरेको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं। यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, उसलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्ने हाम्रो सबैको सहमति छ।’