Friday, July 3

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।

Advertisement

आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए।

Advertisement
Advertisement

पार्टीको विभाग र भ्रातृ संस्थालाई पूर्णता दिने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

Advertisement

आजको  बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ।

यसअघि बुधबार बेलुकी पनि  बैठक बसेको थियो।

सो बैठकमा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणबारे छलफल भएको थियो।

बैठकमा खाणलाई निलम्बन गर्नेबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा छलफल भएपनि निर्णय भने भएन।

अहिले आरोप पुष्टि नभइसकेको र खाणले प्रहरी अनुसन्धानमा सघाइरहेका कारण उनलाई तत्काल निलम्बन गर्न आवश्यक नरहेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका थिए।

खाणबारे बुधबार नै छलफल भइसकेका कारण आज पार्टीको आन्तरिक संगठन र विभागलाई पूर्णता दिनेबारेमा छलफल केन्द्रित हुने एक पदाधिकारीको भनाइ छ।