गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डेले पार्टी परित्याग गरेका छन् ।
२४ औं जनयुद्ध दिवशका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विप्लव समुह छोडेको घोषणा गर्दै नेकपा प्रवेश गरेका हु्न ।
उनलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।
गण्डकी गाउँपालिका ४ फुजेल घर भएका पाण्डे विप्लव समुहमा केहि समयअघि गोरखाका सेक्रेटरी समेत थिए ।
वर्तमान अवस्थामा हतियारको राजनीति र क्रान्ति आवस्यकता नभएको भन्दै आफुले विप्लव समुह छोडेर कम्युनिष्ट मोर्चामा आएको पाण्डेले बताए ।
हाल आर्थिक क्रान्तिको आवस्यकता रहेको उनको ठहर छ । पार्टी प्रवेशपछि कार्यक्रममा मन्तब्य राख्दै उनले हतियारको राजनीति छोडेर वार्ता र छलफल मार्फत समझदारीमा अघि बढन विप्लवलाई अनुरोध समेत गरेका छन् ।

