Friday, July 3

विन्दवासिनी कंसाकारलाई सांसदको शपथ लिन बाटो खुल्यो

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्य बन्ने बाटो खुलेको छ ।

Advertisement

मेडिकल शिक्षा व्यवसायी दुर्गा प्रसााईसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेर उनको ठाउँमा कंसाकारलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो ।

Advertisement
Advertisement

रास्वपाको सिफारिस अनुसार निर्वाचन आयोगले कंसाकारलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ । उनी निर्वाचित भएको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा समेत पुगिसकेको छ ।

Advertisement

तर आफूलाई गरेको कारबाही कानुनसम्मत नरहेको भन्दै ढाका कुमार श्रेष्ठले सर्वोच्चमा रिट दिएका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।बुधबार सोही रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले ढाका कुमारको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै कंसाकार सांसद हुने बाटो खुलेको छ । कानुन व्यवसायीहरुका अनुसार अब कंसाकारले शपथ लिन सक्नेछिन् ।