Saturday, July 25

बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु

नेपालअखबार, बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

Advertisement

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ।

Advertisement
Advertisement

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

Advertisement

प्रहरीले बसलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ।