Friday, July 3

चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडी बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्।

Advertisement

विनोद चौधरीको स्वामित्व रहेको सिजी सेल टेक्नोलोजी र यूरोपको ‘मोल्डसेल’ टेलिकम कम्पनीबीच गत शुक्रबार खरिदविक्री सम्झौता भएको छ।

Advertisement
Advertisement

सीजी टेलले नेपालमा कम्युनिकेशन व्यवसया गर्न सरकारसँग यूनिफाइड लाइसेन्स मागेको थियो। तर, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २० अर्व राजश्व बुझाए लाइसेन्स पाउने बताएका थिए।

Advertisement

त्यसपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर मन्त्रीले भनेको २० अर्व एकमुष्ट नभई नवीकरण शुल्क १० वर्षसम्म तिनुपर्ने कानूनी प्रावधान रहेको जनाएको थियो।

यसरी सरकार र चौधरी ग्रुपबीच दोहोरी चलिरहेकै बेला सीजी टेलले यूरोपको मोल्ड सेल किन्ने सम्झौता गरेको हो।

सीजी क्रोप ग्लोबल अन्तर्गतको सिजी सेल टेक्नोलोजीले स्वीडेनको टेलियाको स्वामित्वमा रहेको वायरलेस अपरेटर मोल्डसेलको शतप्रतिशत सेयर स्वामित्व ३ करोड १५ लाख डलरमा किन्ने सम्झौता गरेको हो। आगामी २ महिनाभित्र किनबेच सम्पन्न हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *