Friday, July 31

नागरिकता विधेयक प्रमाणीकरणबारे लोसपा : राज्यविहीन नेपालीको पिडामा मलहम बन्नेछ

नेपालअखबार, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा स्वागत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई–दुई पटक पारित भएर पनि विगत लामो समय देखि रोकिएर रहेको नागरिकता विधेयक अन्ततः आज राष्ट्रपतिद्वारा संविधानको धारा ६१ को उपधारा (२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको पार्टीले बताएको हो ।

Advertisement

अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  ‘यसले खास गरी राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरूको पिडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ । यस प्रक्रियामा न्यायसङ्गत रूपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद ।’

Advertisement
Advertisement

Advertisement