Friday, August 21

औंठीसमेत नलगाउनेलाई बोक्न नसक्ने सुन लगाइदिएछन् : अध्यक्ष ओली

नेपालअखबार, काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले औंठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको बताएका छन्।

Advertisement

कलाकारहरूलाई पार्टी प्रवेश गराउँदै उनले बदनियतपूर्वक ट्रोल बनाएर झूट फैलाएको बताएका हुन्।

Advertisement
Advertisement

‘एउटा मानिसले हाकाहाकी झूट बोल्ने कुकर्म कस्तो गर्छ होला? केपी ओलीको फोटोमा हातभरि सुनैसुन लगाएको, यता पनि सुनैसुनका, बोकिनसक्नु सुनैसुन, त्यति सुन म बोक्न पनि सक्दिनँ होला’ उनले भने।

Advertisement

अध्यक्ष ओलीले अहिलेसम्म औंठीसमेत नलगाएको बताए।

‘सानै हुँदा आमा बित्नु भयो। यो तैंले लगा भनेर आमाले लगाउने गर्नु भएको औंठी दिएका थिए। तीनचार दिन लगाएँ, त्यो औंठीले बडो डिस्टर्ब ग¥यो। औंठी लगाएपछि पटकपटक आमा सम्झन थालें। त्यसपछि त्यो औंठी लगाइन। तर, अहिले बोक्न नसक्नेगरी सुन लगाएर यति साह्रो झूट फैलाए,’ उनले भने।

पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालिएको भनेर माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका थिए। एमालेले विरोध गर्दै संसद बैठक नै अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रष्टीकरण दिनुपरेको थियो। र, संसद्को रेकर्डबाटसमेत हटाइएको थियो।

जलहरी प्रकरणले सदन तातेपछि सामाजिक सञ्जालमा ओलीको तस्बिरमा सुनैसुन लगाएर ट्रोल बनाइएको थियो।

ओलीले त्यसैको जवाफ फर्काएका हुन्।