Tuesday, April 21

राष्ट्रियसभा बैठकमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेपालअखबार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।

साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा  बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ। बैठक बिहान ११ बजे सुरु हुने कार्यतालिका रहेको छ ।

Advertisement