Tuesday, April 21

आज प्रतिनिधि सभामा बजेटमाथिको छलफल

नेपालअखबार, काठमाडाैं।  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल हुनेछ।

बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो।

Advertisement

सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ।

नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ। अरू विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।