Monday, May 11

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक अल हरमीसँग भेटघाट , अहमद आज स्वदेश फर्किदै

नेपालअखबार, काठमाडौं  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले आज कतारको राजधानी दोहाबाट प्रकाशित अरबी दैनिक अल शार्क अल अरब अङ्ग्रेजी राष्ट्रिय दैनिक दि पेनिन्शुला लगायत अन्य ४ वटा छापा प्रकाशनका डिपुटी सिइयो तथा अल शार्क पब्लिकेसन्सका प्रमुख एवं अल शर्कका प्रधान सम्पादक जाबर सालिम अल हरमीसँग अल शार्कको मुख्यालयमा भेटघाट गर्नुभएको छ ।

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक सालिम अल हरमीबीच कतारमा भएको भेटघाटमा नेपालका संचारमाध्यमको बर्तमान अवस्था र प्रेस स्वतन्त्रतासंगै कतार र नेपालबीच संचार क्षेत्रमा हुनसक्ने विभिन्न बिषय र अवसर बारे छलफल भएको हो ।

Advertisement

प्रधान सम्पादक सालिम अल हरमीले कतारको तर्फबाट नेपाली संचार क्षेत्रमा थप बिकासका लागि कतार सदैव तयार रहेको बताउनुभयो । उहाँले नेपालमा संचारमाध्यमको बिकासमा भुमिका निर्वाह गर्न कतार तत्पर रहेकोले नेपाल र कतारबीचको सम्बन्धमा थप बलियो बनाउनका लागि सदभाव कायम हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपाल र कतारबीचको सम्वन्धलाई सुमधर बनाउन कतार सदैव तयार रहेको हुँदा पत्रकारिता मार्फत विकास गर्न आवश्यक रहेको समेत बताउनुृभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदले कतार सरकार र स्थानीय निकायसँगको गहिरो सम्बन्धलाई कतार स्थित नेपाली समाजले उपयोग गर्नु पर्नेले जोड दिनुभयो । भेटघाटमा अहमदले नेपाल र नेपाली संचार माध्यम कतार र नेपाल बिचको सम्बन्ध थप प्रगाढ बनाउने सवालमा पुर्ण गम्भीर रहेको स्पष्ट पार्दै प्रधान सम्पादक हरमिलाइ नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनुभयो ।

हरमिले आफु इच्छुक रहेको बताउँदै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधान सम्पादक हरमिद्वारा लिखित पुस्तक अहमदलाइ उपहार स्वरुपप्रदान गर्नुभयो । प्रधान सम्पादक हरमिले पहिलो पटक अहमदलाई हस्तान्तरण गर्दै सार्वजनिक गरिएको  जानकारी दिनुभयो ।

भेटघाटको अवसर प्रदान गरेकोप्रति अहमदले प्रधान सम्पादक हरमिलाइ धन्यवाद तथा आभार समेत प्रकट गर्नुभयो । सो अवसर जुटाइदिनुहुने नेपाली समाजका अभियन्ता र कतार स्थित राष्ट्रिय मानव अधिकार डेस्क एनएचआरसीका प्रमुख प्रोफेसर मोहम्मद रमजान अलि मियाँलाइ समन्वय र सहकार्य गरेकोप्रति धन्यवाद दिँदै अहमदले आगामी दिनमा पनि निरन्तरता दिँदै दुई देशबीचको सम्वन्धलाई पत्रकारिताको विकास मार्फत अग्रसर हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदले एक हप्ताको भ्रमण सफल र सफलदायी भएको र आगमी दिनमा सम्वन्धलाई स्थापित गर्दै पत्रकारहरुको हकहितको सवालमा काम गर्न थप प्रेरणा मिलेको बताउनुभयो । अहमद एक हप्ते भ्रमण पूरा गरी आज स्वदेश फर्किनुहुनेछ ।