काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनको विषयमा गरेको अडियो सार्वजनिक भएपछि थप अनुसन्धानका लागि सञ्चार मन्त्रालयका काजगात नियन्त्रणमा लिएको छ ।
सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको भन्दै पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नियन्त्रणमा लिएको हो।

