Tuesday, July 28

होन्डुरसको महिला कारागारमा दंगा, कम्तीमा ४१ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। होन्डुरसको महिला कारागारमा दंगा भड्किँदा ४१ जनाको मृत्यु भएको छ।

Advertisement

मंगलबार कारागारभित्र रहेको दुई ग्याङबीच झडप भएको बिबिसीले जनाएको छ। जसमध्ये एउटा पक्षले कारागारमा आजगनी समेत गरेको थियो।

Advertisement
Advertisement

कारागारमा आगलागी भएपछि कतिपयको मृत्यु भएको हो। कतिपयको भने गोली लागेर समेत मृत्यु भएको छ।

Advertisement

उपसुरक्षामन्त्री जुलिसा विलानुभाले आपतकालिन घोषणा गरी दंगालाई नियन्त्रणमा लिने वाचा समेत गरेकी छन्। उनले कारागारभित्र अग्निनियन्त्रक, प्रहरी र सेनालाई पनि खटाएकी छन्।

‘मानवीय क्षति सह्य छैन,’ उनले भनेकी छन्। यस घटनामा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने पनि उनले चेतावनी दिएकी छन्।

राजधानी तेगुसिगाल्पाबाट २० किलोमिटर टाढा रहेको कारागारमा ज्यान गुमाउने सबै कैदी मात्रै हुन् भन्ने यकिन भइसकेको छैन। उक्त कारागारमा ९ सय जना कैदी छन्।

कतिपय कैदीलाई अस्पताल समेत लगिएको छ।