
नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो ।
यो चालु आर्थिक वर्षको भन्दा १८.५२ प्रतिशतले कम हो । चालु आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाले ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेट व्यहोर्ने स्रोत आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान समेत घटेकाले बजेट घटाउनु परेको महानगरपालिकाले जनाएको छ ।

