Wednesday, July 29

एयरपोर्टमा आफ्नो मान्छे स्वागत वा बिदाइ गर्न अब तीन जना भन्दा बढी जान नपाउने

नेपालअखबार, काठमाडौँ । अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मान्छेको स्वागत गर्न वा बिदाइ गर्न तीन जनाभन्दा बढी व्यक्ति जान नपाउने भएको छ । विमानस्थलमा अनावश्यक भिडभाड बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

Advertisement

यस्तो व्यवस्था आन्तरिक (डोमेस्टिक) र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा लागू गरिएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

मंगलबार एक विज्ञप्ति जारी गर्दै सिटौलाले हाल त्रिभुवन विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको सङ्ख्या बढ्दो क्रममा रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थानको सीमितताका कारण यस्तो नीति लिनुपरेको जनाएका छन् ।

Advertisement

विमानस्थलको व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको, यात्रु झर्ने कक्षमा दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरूको सहज आवतजावतमा अवरोध सिर्जना भई यात्रु सेवा सुविधा प्रवाहमा समेत प्रतिकुल असर परिरहेकोले यस्ता समस्यालाई न्यूनीकरण गर्न यस्तो नीति लिनुपरेको समेत उनले विज्ञप्तिमार्फत बताएका छन् ।

योसँगै अब एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन स्वागत वा बिदाइ गर्न तीन जना भन्दा बढी व्यक्ति जान नपाउने भएका छन् ।