Wednesday, July 8

प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते बस्ने भएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण केही दिनदेखि अवरूद्ध प्रतिनिधि सभा बैठक सोमबार दिउँसो बसेको थियो।

Advertisement

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिएका थिए। उनले भावनामा बगेर आफूले त्यो अभिव्यक्ति दिएको र प्रधानमन्त्रीका रूपमा त्यस्तो अभिव्यक्ति दिन हुन्थेन भन्ने आत्मबोध भएको बताएका छन्।

Advertisement
Advertisement

प्रधानमन्त्रीको स्पष्टीकरणसँगै यसअघि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग  गरिरहेको एमाले संसद चलाउन तयार भएको हो।

Advertisement