Saturday, April 25

बैतडीको मेलौलीमा दुर्घटना भएको बसमा ४२ जना सवार रहेको पुष्टि

नेपालअखबार, बैतडी । बैतडीको मेलौलीमा दुर्घटना भएको  बसमा ४२ जना सवार रहेको पुष्टि भएको छ ।  सोमबार दिउँसो लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको प्रवक्ता खत्रीले जानकारी दिए । प्रवक्ता खत्रीका अनुसार घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर छ भने १६ जनाको अवस्था मध्यम छ । घाइते सबैलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए । घाइतेहरुको पहिचान हुन भने बाँकी छ ।

Advertisement

पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ ।