Sunday, April 19

नेपाल मानब धर्म सेवा समितिको कविता प्रतियोगिता सम्पन्न

नेपालअखबार,,पोखरा। २१० औ भानु जयन्तीको अवसरमा नेपाल मानब धर्म सेवा समिति गण्डकीले शनिबार महानगर स्तरीय अन्तरबिधालय कविता प्रतियोगिता गरेको छ । उक्त प्रतियोगितामा पोखरा आदर्श मा.बि.का बिधार्थी संस्कृति सुबेदी प्रथम, बिन्दाबासिनी मा विकी नितिसा भट्टराई द्रितीय, श्री हिमान्चल बोर्डिंग स्कूलका शुभम लामिछाने तृतीय र श्री सत्य साइ विद्याश्रमका शुभम के।सीले सान्त्वना पुरस्कार जितेका छन् ।

पुरस्कृत बिद्यार्थीहरुलाइ मेडल र प्रमाणपत्र प्रदान गर्दै प्रतियोगिताका सभाध्यक्ष तथा संस्थाका गण्डकी प्रदेश प्रमुख महात्मा पीताम्बरा बाइजीले बिद्यार्थी जीबनलाइ सहि सदुपयोग गर्न सहभागीहरुलाई सुझाब दिनुभयो ्रउहाँले बिधार्थी जीवनको महत्व बारे प्रकाश पार्दै युवा अवस्थामा अनुशासनको पालनामा जोड दिनुभयो ।

Advertisement

१५ जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य नारायण मरासिनी, छन्द कबि शिव त्रिपाठी, कवि अम्बिका भण्डारी निर्णायक मण्डलमा रहनु भएको थियो भने संस्थाका गण्डकी समितिका अध्यक्ष साधुराम सिग्देल, उपाध्यक्ष भुवन गुरुङ, सचिव होमनाथ निरौला र युथ कमिटिका समितिका संयोजक ओम उपाध्यायले संस्थाका गतिबिधि र भानु जयन्तीको महत्व बारे बोल्नुभएको थियो । प्रतियोगितामा संगीतकार हिराकाजी श्रेष्ठ, कलाकार तथा तबलाबादक गणेश नापित,कलाकार मिना राइ संगीतकार क्षेत्रबहादुर गुरुङले भानुभक्तको जीवनी तथा रामायणका शलोकहरु प्रस्तुत गर्नुभएको थियो ।