Thursday, July 16

जिम्मेवारी हेरफेर गर्दै कोशी सम्पर्क कमिटीको बैठक सम्पन्न

नेपालअखबार, काठमाडौं ।  नेकपा ( एकीकृत समाजवादी ) कोशी सम्पर्क कमिटीको बैठक सम्पन्न भएको छ ।  बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर समेत गरेको छ ।

Advertisement

जस अनुसार कमिटीका अध्यक्ष अम्बर राउतले आफू घरायसी काम विशेषले लामो समय भारतको दिल्ली बसाइ हुने भएकोले सचिव दिलीप कुमार राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको र उपाध्यक्ष बज्रकुमार राईले अब सम्पर्क अन्तर्गत पार्टी काम गर्न असमर्थ भएको तथा उपसचिव धन बहादुर खत्रीले पेशागत महासङ्घमा जिम्मेवारी लिनुभएको जनाउनु भएकोले कमिटीको छैटौँ पूर्ण बैठकले बाँकी पदाधिकारीहरूमा उपाध्यक्षहरू देवी प्रसाद रिजाल तथा रीत बहादुर जमरकट्टेललाई, कार्यवाहक सचिवमा आर्थिक विभाग प्रमुख जनक दाहाललाई, उपसचिवहरू मनोज चौधरी, टेक बहादुर गुरुङ तथा गणेश खड्का र आर्थिक विभाग प्रमुखमा उषा राईलाई मनोनित गरी जिम्मेवारी हेरफेर गरिएको छ ।

Advertisement
Advertisement

त्यसैगरी जिल्ला सम्पर्क मञ्चहरूको सम्मेलन सम्पन्न भएका निवर्तमान अध्यक्षहरू भीमराज राई भोजपुर, गंगा प्रसाद रिजाल पाँचथर र सूर्य बराइली ताप्लेजुङलाई कमिटी सदस्यमा मनोनित गरियो । इन्दिरा पोखरेल उदयपुरले केही समय फुर्सद लिने र सी. बी. कार्की ओखलढुङ्गाले आफू पार्टी प्रदेश कमिटी सदस्य रहेको र अवसर पाए पार्टी अनुशासन आयोगमा रहने इच्छा भएको जनाउनु भएकोले उहाँहरूको मनोनयन गरिएन ।

Advertisement

बैठकमा प्रमुख अतिथि नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय कमिटी सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटीका अध्यक्ष वीरबलकाजी राईले कमिटीमा जिम्मेवारी हेरफेरको बारेमा प्रकाश पार्दै सुझावहरू सहित उत्प्रेरणामूलक मन्तव्य राख्नुभयो र जिम्मेवारी पाउने  पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भयो । विशेष अतिथिका रूपमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा कोशी सम्पर्क कमिटीका इन्चार्च अम्बिका थापाले जिम्मेवारी प्राप्त गर्नुभएका पदाधिकारीहरूको खाका प्रस्तुत गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै उहाँले जिम्मेवारी हेरफेरमा उपल्लो नेतृत्वले सुजबुझका साथ सुझाव र सल्लाह दिएको उल्लेख गर्दै जिम्मेवारी प्राप्त गर्नुहुने सबैले आफ्नो जिम्मेवारी बोध गरी गम्भीर भएर पार्टी र संगठनको लागि काम गर्न आग्रह गर्नुभयो ।

अतिथि सम्पर्क विशेष प्रदेश कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख केशर अधिकारीले  कोशी सम्पर्क कमिटीले विगतमा उत्कृष्ट काम गर्दै आएको र भविष्यमा अझ सशक्त रूपमा पार्टी निर्माणमा योगदान पुर्‍याउने  विश्वास व्यक्त गर्नुभयो । अर्का अतिथि सम्पर्क विशेष प्रदेश कमिटीका आर्थिक विभाग प्रमुख तारानाथ दाहालले जिम्मेवारी प्राप्त गर्नुहुने सबैलाई आ-आफ्ना तर्फबाट लागिपरेर सकृय रहन आग्रह गर्नुभयो ।

सम्पर्क मञ्चहरूका अध्यक्ष तथा पदाधिकारीहरूले जिल्लागत रिपोर्टिङ्ग प्रस्तुत गर्नुभयो भने अतिथिहरूमा सम्पर्क विशेष प्रदेश कमिटी सदस्य जित बहादुर चौहान र किरात राई संघ समाजवादीका अध्यक्ष केशर राई उपस्थित हुनुहुन्थ्यो ।