Thursday, July 16

आर्थिक सबलीकरणका लागि उद्योग धन्दा र कृषि कर्ममा लाग्नुपर्छ -मन्त्री न्यौपाने

नेपालअखबार, जनकपुरधाम मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपानेले हरुवाचरुवाले दासत्व जीवनबाट मुक्ति पाएपछि आफूलाई रूपान्तरण गरेर आर्थिक सबलीकरणका लागि उद्योगधन्दा र कृषि कर्ममा लाग्नुपर्ने बताउनुभएको छ।

Advertisement

राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चले प्रथम हरुवाचरुवा मुक्ति दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

Advertisement
Advertisement

उहाँले भन्नुभयो, ‘‘हरुवाचरुवाले मुक्तिका लागि आन्दोलन गर्‍यो र मुक्ति पनि पायो। अब के गर्ने। हिजो गरेकै कार्यक्रम गर्ने कि कार्यक्रममा परिवर्तन गरेर अगाडि बढ्ने ?’’ उहाँले संविधानले दिएको अधिकारको कार्यान्वयन गराउनका लागि हरुवाचरुवाले अबका दिनमा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य रतनेश्वर गोइतले हरुवाचरुवाले अबका दिनमा आफ्नो अधिकार प्राप्तिका लागि सबल ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो।

Advertisement