Thursday, July 16

६ जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

नेपालअखबार,  काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

Advertisement

बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement

यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्रीको नाम सिफारिस गरेको छ ।

Advertisement

यस्तै, कुवेतका लागि प्रस्तावित राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूतमा सुधीर भट्टाराई छन् ।

संसद सचिवालयका सहसचिव एकराम गिरीका अनुसार उजुरी दिने समय १० दिनको रहनेछ । बिहीबार गोरखापत्रमा सूचना प्रकाशन भएपछि प्रस्तावित राजदूतविरुद्ध जो कोही नेपाली नागरिकले उजुरी दिन सक्नेछन् ।

प्रस्तावित राजदूत तथा विभिन्न नियोगका प्रतिनिधिहरुको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनुपर्ने हुन्छ ।

मन्त्रिपरिषदको बैठकले सिफारिस गरेका प्रस्तावित राजदूतहरु संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

राजदूत नियुक्तिमा समावेशिता हुनुपर्ने विषयमा समेत समितिमा छलफल भएको गिरीले जानकारी दिए । समावेशितालाई ख्याल गरिनुपर्छ भन्ने समितिको समेत मान्यता रहेको उनले बताए । रासस