Monday, July 6

नेपालमा सुन तस्करी गरेको आशंकामा चिनियाँ नागरिक पक्राउ

नेपालअखबार, काठमाडाैं। अवैध रूपमा आएको सुन बरामदको घटनामा थप एक जना पक्राउ परेका छन्।

Advertisement

राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो।

Advertisement
Advertisement

‘अहिलेसम्मको अनुसन्धानमा उनी नै प्रमुख देखिन्छन्। थप अनुसन्धानबाट यो भन्दा माथिका मानिस समातिन सक्छन्,’ स्रोतले भन्यो।

Advertisement

बुधबार साँझ उनी बस्ने ठाउँमा राजश्व अनुसन्धान कार्यालय र त्यहाँ रहेको सशस्त्र प्रहरी बलको टोलीले छापा मारेको थियो। छापा मारेर उनको पासपोर्टहरू समेत बरामद गरेको थियो।  जसकारण उनी भाग्न सकेनन्। उनी अध्यागन कार्यालयमा पुगेको बेलामा पक्राउ परेका हुन्। उनी बिगत ४-५ महिनादेखि नेपालमा थिए। मंगलबार विमानस्‍थलको भन्सार जाँचपास भएर निस्किएको ब्रेक शुबाट प्रहरीले अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको अनुमान गरेको छ।

त्यसको यकिन गर्न कार्यालयले सुन राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।

यसअघि यसै घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरिएको छ।