Friday, April 24

बजार अनुगमन गर्न नेपाल प्रहरीसहितको संयन्त्र बनाइने

काठमाडौं । कोरोना त्रासलाई देखाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्नेविरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने भएको छ ।

वर्तमान आपूर्ति अवस्थाबारे सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘काठमाडौं उपत्याकासहितका ठूला सहरमा वाणिज्यको अनुगमन टोलीलाई सहयोग गर्ने गरी टोल बनाउन गृह मन्त्रालयसँग छलफल सुरु भएको छ,’ मन्त्री भट्टले भने ।

Advertisement

मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, आयल निगम र मन्त्रालयको एकीकृत टोलीले अहिले पनि बजार अनुगमन गरिरहेको भन्दै मन्त्री भट्टले नेपाल प्रहरीलाई त्यहाँ जोडिने बताए । काठमाडौंमा तत्कालै सुरु हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकुलतामा गठन गरिने उनले बताए ।

अत्यवश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानकारी दिन मन्त्रालय तथा सम्बन्धित विभाग र संस्थानमा हटलाइन सुविधा सञ्चालन गर्ने तथा कार्यालयहरुका समाजिक सञ्जाल पनि सक्रिय बनाउने मन्त्री भट्टको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *