Tuesday, October 7

मन्त्री प्रकाश ज्वालाद्वारा रङ्गशालाको अनुगमन

नेपालअखबार, सुर्खेत। सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन गर्नु भएको छ।

Advertisement

अनुगमन पश्चात् रङ्गशाला परिसरमा वृक्षारोपणसमेत गर्नु भएको थियो। रङ्गशालाको काम यतिबेला धमाधम भइरहेको र लक्ष्य अनुसार नै सम्पन्न गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

Advertisement

मन्त्री ज्वालाले रङ्गशालालाई प्रदेश सरकारले एउटा ड्रिम प्रोजेक्टका आधारमा अघि सारेको बताउनु भयो। मन्त्री ज्वालाले अगाडि भन्नुभयो,‘म प्रदेशको अर्थ मन्त्री हुँदा पहिलो पटक १० करोड रकम विनियोजन भएको थियो। प्रदेश सरकारले यसलाई आवश्यक बजेट व्यवस्था गरेर बढाएकोमा गर्व लागेको छ।’

कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको संरचना बनेकोमा उहाँले प्रदेश सरकार र परिषद्लाई धन्यवादसमेत दिनु भएको छ। साथै सङ्घीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पहल गरिने पनि मन्त्री ज्वालाको भनाइ थियो।

रङ्गशालाको काम करिब ६५ प्रतिशत भन्दा बढी भइसकेको छ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद सदस्य एवं कर्णाली प्रचार विभाग प्रमुख वशन्त कुमार विश्वकर्माका अनुसार बिहिबार समाजवादी मोर्चाको कार्यक्रमका सहभागी हुन मन्त्री ज्वाला सुर्खेत पुग्नु भएको थियो। शनिवार दिउँसो काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

bashanta bc 1693626373.jpg

prakash jwala1693626373.png