नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् । शुक्रबार पार्टी निकट पार्टी निकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले देश बनाउने भन्दा पनि सत्तामा पुग्ने भावना तलदेखिमाथि सम्म नै व्यक्त भएकाले देशको अवस्था विग्रदै गएको बताएका हुन् ।
Advertisement
‘देश हाँक्ने र बनाउने संकल्पको अभाव छ । देश बनाउने भावना जति मात्रमा हुनुपर्ने थियो त्यसको अभाव छ’, उनले भने, ‘कसैगरी सत्तामा पुगौं र आफ्नो लाभमा प्रयोग गरौ भन्ने छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यसको असर केन्द्रमा मात्रै होइन नभएर प्रदेश र स्थानीय तहमा समेत परेको बताए । ‘त्यसैले राजनीतिक नेता र पार्टीले हामीमा भएका कमीकमजोरीलाई मनन गर्नुपर्छ’, उनले आफैसँग प्रश्न गर्नुपर्ने भन्दै भने, ‘ती कमीकमजोरीप्रति हामी गम्भीर छौ कि छैनौ ?’
Advertisement
Advertisement
राजनीतिक पार्टीहरुले निरंकुश शासन फाल्न र नगारिक अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेपनि जनताको जनजीवन र देश विकासमा कति आवद्ध भएका छन् भनेर प्रश्न उठ्ने गरेको बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारमा विभिन्न अनुभव गरेका नेताहरु रहेको भन्दै देशको समस्याको समाधान कम्युनिस्ट पार्टीले नै दिन सक्ने बताए । लोकतान्त्रिक मूल्य मान्यताप्रतिको प्रतिबद्धता, देशभक्तिको भावना र जनताको सेवाभाव कम्युनिस्ट पार्टीमा मात्रै रहेको बताए । तर उनले देश बनाउने सोच र संकल्प अभाव रहेकाले त्यो संकल्प गर्न सक्नुपर्ने बताए ।
Advertisement