Thursday, September 17

लगानी संरक्षणका लागि राज्यको नीतिगत व्यवस्था आवश्यक छ: महासचिव भुसाल

नेपालअखबार, काठमाडौंनेकपा  एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा लगानी संरक्षणका लागि राज्यले नीतिगत ग्यारेन्टी आवश्यक भएको बताउनु भएको छ ।

Advertisement

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले गरिबीका कारण राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जाने भन्दै त्यसलाई रोक्न उद्यम क्षेत्रको विकास र संरक्षण आवश्यक भएको बताउनु भयो  ।

Advertisement
Advertisement

, ‘मुलुकको विकासको कुरा रोजगारी र बेरोजगारी हो । बेरोजगारी भएको स्थानमा राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जान्छ । मुलुकले बाटो लिँदैन, राष्ट्रिय एकता हुँदैन, जनताको संरक्षण गर्न सक्दैन र राज्य समेत कमजोर हुने उहाँले बताउनु भयो ।

Advertisement

नेपाली लगानीको संरक्षण गर्ने, नीतिगत ग्यारेन्टी राज्यले नगर्दासम्म उद्यमको कतै विकास हुन नसक्ने उहाँको भनाई थियो ।  संविधानमा भनिएको समाजवाद ल्याउने हो भने बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको देशका युवाहरूलाई देशका फर्किन सक्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै महासचिव भुसालले  ‘जुन दिन बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको हाम्रो छोरा छोरीको अन्तिम पुस्ता नेपालमा फर्किन्छ त्यस दिन समाजवादको एउटा चरण पूरा हुन्छ । त्यो काम गर्ने उद्यमीले हो । यो कुरा राजनीतिले राम्रोसँग बुझ्न सकेन  त्यसो भएपछि राज्यले पनि बुझ्न सकेन, उद्यमीको संरक्षण नगरी यो काम हुँदैन । ऊर्जा र अरू माध्यमबाट हामीले उद्यमलाई प्रतिस्पर्धी बनाउनु पर्छ, संरक्षण गर्नुपर्छ र उद्यम डुब्दैन् भनेर ग्यारेन्टी गर्नुपर्छ । तर हाम्रा नीति त्यस्तो छैन ।’

रोजगारी बावु आमा जस्तै हो जस्ले सारा समृध्दिका ढोकाहरु खोल्ने उहाँको भनाई थियो । समाजवाद तर्फ  हाम्रो गन्तव्य भएकोले रोजगारी सृजनालाई राज्यले महत्वका साथ हेर्नु जरुरी रहेको बताउनु भयो ।