Monday, August 3

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना विदेशी नागरिक पक्राउ

नेपालअखबार, काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्ली जान लागेको अवस्थामा छोदेनलाई १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो।

Advertisement

छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका छोदेनसँग भारतीय राहदानी भएको डिआइजी ठकुरीले बताए। छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रुपैयाँ अनुसार ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ।