
नेपालअखबार, पाेखरा। पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो ।
पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा जिल्ला पशुपंक्षी तथा मत्य बिकास र्निदेशनालय, जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ को सहकार्यमा आयोजना गरीएको प्रदर्शनीमा किसानलाई पुरस्कार प्रदान गरिएको थियो । प्रर्दशनीमा सबैभन्दा ठुलो खसि ल्याउने किसान डिलु खनाल प्रथम, प्रकाश रमण अधिकारी द्धितिय, बुद्धि बहादुर तिम्सना तृतिय र नारायण लामिछाने शान्वता भएका थिए । उनिहरुलाई क्रमश १० हजार, ८ हजार ६ हजार र ४ हजार रकम सहित सम्मान गरिएको थियो । प्रर्दशनीमा एकै घरबाट ५ वटा भन्दी बढी खशिबोका ल्याउने किसानलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
१२ जना किसानलाई जनही २ हजार प्रोत्साहन रकम प्रदान गरिएको हो । यसैगरि प्रदर्शनीमा खशिबोका सहित सहभागि हुने किसानलाई १ सय रुपैया दिइएको थियो । प्रदर्शनीमा प्रथम हुने महिला पशुपालक डिलु खनालले ४३ वटा बाख्रा पालेको र उनको खशि ७५ किलोको रहेको थियो।प्रर्दशनीको उदघाटन गर्दे पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति असंभव हुने बताए । सो अबसरमा उनले अर्को बर्ष पोखरा प्रर्दशनी केन्द्रमा ब्यबस्थित तरिकाले किसानका स्थानिय उत्पादनका खशि बोका बिक्रि गर्ने ब्यबस्था मिलाउने जानकारी दिए ।

