Sunday, August 2

राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादाक्रम समेटिएको विधेयक

नेपालअखबार, काठमाडौं सरकारले यसअघि तय गरेको मर्यादाक्रममा केही हेरफेर गर्दै विधायन व्यवस्थापन समितिले पेस गरेको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट मंगलबार पारित भएको छ । यसअघि सरकारले निर्धारण गरेको राष्ट्रिय मर्यादा अपूर्ण रहेको भन्दै आलोचना हुँदै आएको थियो ।

Advertisement

२०७६ वैशाख १६ मा राजपत्रमा प्रकाशित मर्यादाक्रमलाई हेरफेर गर्दै राष्ट्रियसभामा गैरसरकारी विधेयक दर्ता भएको थियो । सभाले छलफलका लागि भन्दै गत चैतमा विधेयक विधायन समितिमा पठाएको थियो ।

Advertisement
Advertisement

राष्ट्रिय सभाले संविधानको धारा २९३ मा भएको संवैधानिक परिषद्को व्यवस्था अनुसार प्रधानन्यायाधीशको मर्यादाक्रम माथि राखेका छन्। अबको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष हुनेछन्। सभामुख र राष्ट्रिय सभाका अध्यक्षको एउटै मर्यदाक्रम हुनेछ। तर दुबै सहभागी हुने कार्यक्रममा सभामुखको मर्यादा अघि र राष्ट्रिय सभाका अध्यक्षको लगत्तै हुनेछ।
त्यसपछि पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायधीशको मर्यादाक्रम निर्धारण गरिएको छ। लगत्तै पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम कायम गरिएको छ।

Advertisement