Friday, July 10

भूकम्पवाट घाइते भएकाहरुलाई उपयुक्त अस्पतालमा पठाउन मन्त्री ज्वालाको निर्देशन

नेपालअखबार, रुकुम  भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेटघाट गर्दै उपयुक्त अस्पतालमा पठाउन निर्देशन दिनुभएको छ ।  भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।  विनाशकारी भूकम्पमा परी घाइते भएका मध्ये केहिको अवस्था अझै सुधार हुन सकेको छैन ।

Advertisement

सुधार हुन नसकेका विरामीलाई काठमाडौं लगायतका अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाले निर्देशन दिनुभएको छ । ‘केही विरामीको अबस्था अझै गम्भीर छ, उहाँहरुको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्को ठाउँमा पठाउनु पर्छ’ मन्त्री ज्वालाले चिकित्सकहरुसँग कुरा गर्दै भने ‘घाइतेहरुको उपचार गर्न सरकारले कुनै कसरत बाँकि राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस् ।’ जाजरकोट, रुकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिव २ सयजना घाइते भएका छन् । घाइतेमध्ये धेरै भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । बुधवार विहान मन्त्री ज्वालाले सवै घाइते र उपचारमा संलग्न चिकित्सकहरुसँग भेट  गर्नुभएको छ ।

Advertisement
Advertisement

चार दिनअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वालाले दुई जिल्लाका विपत् ब्यवस्थापनको बैठकमा सहभागी भएका थिए भने नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई राहत र उद्धारमा लाग्न निर्देशन दिनुभएको छ ।

Advertisement

प्रभावित क्षेत्रमा पुगेपछि मन्त्री ज्वालाले अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अबलोकन गरेका छन्। अबरुद्ध बनेका सवै सडकहरु तत्काल सुचारु गरिएको छ भने भासिएको पुल पनि निर्माण कार्य थालिएको छ ।