Friday, July 10

चीनको युनान प्रान्तले जाजरकोट रुकुम भुकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

नेपालअखबार, कुङ्मिङ  ।  जाजरकोट र रुकुम भुकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसंगको औपचारिक भेटवार्ताका क्रममा चिनिया कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन्। भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवि प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसग साट्न आफुहरु तयार रहेको बताए। अध्यक्ष नेपालले पनि सहयोगका धन्यवाद दिदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपाले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए।

Advertisement

चिनिया कम्युनिस्ट पार्टीको अन्तरास्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो। यस क्रममा चिनिया कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसंग भेटघाट हुने कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए। उनले भने, “हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौं। भेटघाट सुरु भएको छ। नेताहरु संग भेट्ने देश र पार्टी हितका विषय कुरा हुँदैछन्।

Advertisement
Advertisement

उहाहरुको व्यवाहारले हामीलाई उत्साहीत बनाएको छ।” बिहीबार कुङ्मिङमा राजनीति दल र कृषि कोअपरेशन भन्ने विषय चिनिया कम्युनिस्ट पार्टीले अन्तरास्ट्रिय सम्मेलन आयोजना गरेको छ। उक्त सम्मेलनलाई पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन्। सम्मेलनमा भाग लिन एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ आइपुगेको बताइएको छ। नेपालबाट काङ्ग्रेस र राप्रपासहितका दलका प्रतिनिधिले पनि सम्मेलनमा सहभागी जनाउने भएका छन्।No description available.No description available.

Advertisement

No description available.

No description available.No description available.No description available.No description available.No description available.