Sunday, July 19

सगरमाथा क्षेत्र जोड्ने सडकलाई राष्ट्रिय योजनामा पार्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालअखबार, काठमाडौँ । सोलुखुम्बु पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ । शनिवार त्यस क्षेत्रमा पुगेका प्रचण्डलाई गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।

Advertisement

हवाई यातायातको भर पर्नु परेकोले त्यस क्षेत्रमा यातायातको सहज पहुँचको लागि प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक ओपन कार्य द्रुत गतिमा भइरहेको जानकारी गराउँदै सगरमाथा क्षेत्र जोड्ने सो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement

ज्ञापन पत्रमा संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटेरसले हालै गरेको खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई पुर्‍याउने हानी नोक्सानीको कुरालाई गम्भीरतापूर्वक लिएको उल्लेख गरिएको छ ।

Advertisement

जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतीलाई समाधान गर्न क्षतिपूर्ति हुनुपर्छ भन्ने विषय यस वर्ष दुबईमा आयोजना हुने कोप २८ को सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउन पनि आग्रह गरिएको छ ।

यस्तै उच्च हिमाली भूभाग र महँगो ढुवानीका कारण खाना पकाउने इन्धनको महँगीको मार खुम्बुवासीले वर्षौदेखि बेहोर्दै आएकोले सो गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडी जनजीवनलाई थप सहज बनाउन पनि खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाले आग्रह गरेका छन् ।

p3