Saturday, May 23

पाेखरामा कौडा खेलिरहेकको अवस्थामा १४ जना पक्राउ

नेपालअखबार, पाेखरा । पाेखरामा कौडा खेलिरहेकको अवस्थामा १४ जना पक्राउ परेकाे छन् । पोखरा-२१ निर्मलपोखरी मैदानमा रहेको राम के.सी. र सन्तोष गुरुङले संचालन गर्दै आईरहेको ईलाईट रिसोर्टमा कौडा खेलाईरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीकाे टोलीले जुवा खेलि रहेकाे अवस्थामा  १४ जना मानिसहरु सहित नगद रु ५ लाख ५ हजार ६५ रुपैया र १६ थान कौडा सहित   पक्राउ गरेकाे जानकारी दिएकाे छ । कास्की प्रहरीले पक्राउ पर्नेहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेकाे बताएकाे छ  । पक्राउ पर्नेहरूमा

१.जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ३८ का
सन्तोष गुरुङ ।
२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ४६ को
राम के.सी. ।
३. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ को संजिब अधिकारी

४. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० को राम ढकाल ।
५. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ६४ को बिर बहादुर
लामिछाने ।
६. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० को मोहन बहादुर
गुरुङ ।
७. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ४० को प्रकाश
पोख्रेल ।
८. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ४६ को कृष्ण
प्रसाद भण्डारी ।
९. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ३० को कुमार
भण्डरी ।

Advertisement

१०. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने बर्ष ३८ को गौतम
गुरुङ ।
११. जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ४८ को होम बहादुर रानाभाट ।
१२. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २१ कृष्ती बस्ने बर्ष ४० को टंक बहादुर कार्की

१३. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २१ कृष्ती बस्ने बर्ष २३ को अनिष श्रेष्ठ ।
१४. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १० अम्मरसिंह बस्ने वर्ष ६३ को मिन बहादुर
बरुवाल ।