Monday, August 24

डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको मृत्यु

नेपालअखबार, लिबिया । लिबियाको तटमा भएको डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको बताइएको छ । युनाइटेड नेसन्स एजेन्सी इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त डुंगा लिबियाको तटीय सहर जुवाराबाट करिब ८६ जना यात्रु लिएर प्रस्थान गरेको बताएको छ।

Advertisement

समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका हुन् । उनको मृत्यु भएको अनुमान गरिएको छ । लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो।  बाँकी २५ जनालाई लिबियाको हिरासत केन्द्रमा पठाइएको पनि बताइएको छ । त्यहाँ उनको स्वास्थ्य उपचार भइरहेको छ ।

Advertisement
Advertisement

यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार आईओएमले यो दुर्घटनामा मारिने अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका रहेको बताएको छ ।

Advertisement

आईओएमका प्रवक्ताले सोसल मिडिया साइट एक्समा यस वर्ष मारिनेको संख्या नाटकीय रूपमा बढेको बताए । उनले समुन्द्रमा रहेका मानिसको ज्यान जोगाउन पर्याप्त पहल हुन नसकेको बताए ।

भूमध्यसागर पार गर्ने दौडमा क्षमताभन्दा धेरै मानिस सानो डुङ्गामा चढ्ने गरेको देखिन्छ, जुन उनीहरूको सुरक्षाको दृष्टिकोणले खतरनाक हुन्छ। यात्रा गर्नेहरू प्रायः पहिले इटाली पुग्छन् र त्यहाँबाट युरोपका अन्य देशहरूमा जान्छन्।

आईओएमका अनुसार यो वर्ष ट्युनिसिया र लिबियाबाट १ लाख ५३ हजारभन्दा बढी आप्रवासी इटाली पुगेका छन् ।