Thursday, August 13

विद्यार्थीलाई न्यानो कपडा

नेपालअखबार, पोखरा । एक्मी एजुकेसन एण्ड ट्रेनिङ इन्टिच्युट, चिप्लेढुुङ्गा पोखराले तनहुँको व्यास नगरपालिका वडा नं ८ बाहुनपोखरास्थित सहजीवन प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

Advertisement

इन्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका छात्रछात्रालाई स्वेटर, टोपी लगायतका समाग्री हस्तान्तरण गरेको हो ।

Advertisement
Advertisement

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं ८ का वडा अध्यक्ष युवराज गुरुङले ग्रामिण भेगको विद्यालयमा आएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यस किसिमको सहयोगले विद्यार्थीलाई अध्ययनका लागि थप प्रोत्साहित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

इन्ष्टिच्युटका अध्यक्ष एवम् पोखरा–२६ का जनप्रतिनिधि सुदिपराज ढुङ्गानाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउँदै आँफूहरूले यस किसिमको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

इन्स्टिच्युटका प्रबन्ध निर्देशक सुजता आचार्य ढुङ्गानाले संस्थाका तर्फबाट गरिएको सानो सहयोगले विद्यालयका छात्राछात्रालाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

२०७९ माघमा स्थापित भई पोखराको चिप्लेढुङ्गामा कार्यालय सञ्चालन गरिरहेको इन्टिच्युटले क्यानाडा, अष्ट्रेलिया, अमेरिका, युरोपियन लगायत विभिन्न ३३ वटा देशमा शैक्षिक परामर्श सहित युवाहरू लक्षित उद्यमशिलताको विकास गर्ने किसिमका रोजगारमुलक तालिमहरू प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष एवम् वडा सदस्य रामप्रसाद मिश्रको अध्यक्षता एवम् वडा सचिव गोविन्द मिश्रले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रअ इन्दिरा घिमिरे ढुङ्गाना, विद्यालयका अभिभावक रोजिना पौडेल, मंगला क्याम्पस सोतीपसलका निवर्तमान अध्यक्ष युवराज घिमिरे लगायतले बोल्नुुभएको थियो ।

२०३७ सालमा स्थापित विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विद्यालयको संस्थापक अध्यक्षका रुपमा हालका राष्ट्रपति रामचन्द्र पौडेल रहनुभएको थियो ।