Friday, August 14

भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि.को अध्यक्षमा कडेल

कृष्ण आचार्य, पोखरा । भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि.बेगनासको अध्यक्षमा विकास प्रसाद कडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको चौथो बार्षिक साधरण सभा एवं दोस्रो अधिबेशनबाट कडेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

त्यस्तै मञ्चको उपाध्यक्षमा सुशिला अधिकारी सिग्देल, सचिवमा कृष्णराज आचार्य, कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा केशवराज तिवारी, गोमा सोती, टेकनाथ पोख्रेल, अनिता अधिकारी पोख्रेल, महेन्द्र सुबेदी, बिजयराज अधिकारी र प्रकाश सापकोटा चयन भएका छन् ।

Advertisement
Advertisement

संस्थाका सल्लाहकार प्राध्यपाक बिश्वराज अधिकारी संयोजक र बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यपक शिबराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । नयाँ कार्यसमितिका सबै पद सर्वसम्मत चयन गरिएको मञ्चले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेशका उपमहानिर्देशक घनश्याम पौडेलले शिक्षा क्षेत्रको बिकासका लागि पुर्व विद्यार्थीहरुको ठुलो भुमिका रहने बताउदै यस बिद्यालयमा पुर्व विद्यार्थीहरु संगठित रुपमा लागेकोमा आफुलाई खुसी लागेको बताए । बिद्यालयको शैक्षिक सुधारका लागि आफु बिद्यालय र पुर्वू. विद्यार्थीहरुको संस्था संग सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

Advertisement

कार्यक्रमका बिशेष अतिथी समेत रहेका आनन्द ज्योति माध्यमिक बिद्यालयका पुर्व प्रधानाध्यापक फडिन्द्र मोहन शर्मा अधिकारीले बिद्यालयका पुर्व बिद्यार्थी संगठित भएकोमा खुसी लागेको बताउदै शैक्षिक गुणस्तर सुधारमा यस मञ्चले भुमिका खेल्ने अपेक्षा ब्यक्त गरे ।मञ्चले सबै पुर्व बिद्यार्थीहरुलाई एउटै छाता मुनि समेट्न सफल हुनुपर्नेमा उनको जोड थियो ।

बिशेष अतिथी पोखरा महानगरपालिका वडा नम्वर ३१ का निबर्तमान वडा अध्यक्ष कमल बहादुर थापाले आफ्नो कार्यकालमा यस बिद्यालयको शैक्षिक र भौतिक सुधारमा प्रयास गरेको बताउदै आफु बाहिर रहे पनि बिद्यालयको हितमा काम गरिरहने प्रतिबद्दता ब्यक्त गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं निर्वाचन कमिटीका संयोजक प्राध्यापक बिश्वराज अधिकारीले शैक्षिक क्षेत्रमा राजनिती गर्न नहुने भन्दै प्रागिक थलोको गरिमालाई उच्च बनाउन मञ्चले भुमिका खेल्न सक्नु पर्ने बताए । पोखरा महानगरपालिका ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले बिद्यालयको लागि मञ्च सँग हातेमालो गरेर वडा कार्यलय अगाडि बढ्न तयार रहेको बताए ।

मञ्चका अध्यक्ष नबराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व न्यायधिस डिल्लीरमण तिवारी, संस्थाका पुर्व सल्लाहकार डा बिष्णुहरी तिमिल्सिना, संस्थाका लेखा परिक्षक चन्द्र बहादुर सुबेदी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यापक शिबराज अधिकारी, शिक्षक मंहासघका केन्द्रिय सदस्य लोचना अधिकारी, आजिवन सदस्यको तर्फबाट टेकनाथ पोख्रेल, भु.पू.बिद्यार्थी मञ्चहरुको तर्फबाट रामकृष्ण तिमिल्सिना, मञ्चका कोषाध्यक्ष सुशिला अधिकारी सिग्देल लगायतले शुभकामना ब्यक्त गरेका थिए । मञ्चका उपाध्यक्ष बिकास प्रसाद कंडेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव श्रीराम कडेल गरेका थिए ।

कार्यक्रममा मञ्चलाई सहयोग गर्ने संस्था र ब्यक्तीलाई सम्मान गरिएको थियो भने मञ्चका अजिबन सदस्यहरुलाई आजिबन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । साधारणसभाबाट अध्यक्ष र कोषाध्यक्षका प्रतिबेदन सर्वसम्मत पारित भएका छन् ।