Saturday, May 23

रेडियो बाराहीमा काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटका विद्यार्थीहरुको अवलोकन

नेपालअखबार, पोखरा । काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटीका बि।ए दोस्रो र तेस्रो संकायका विद्यार्थीहरुले पोखराको राष्ट्रबैँकमा अवस्थित रेडियो बाराही ९९।२ को स्थलगत अवलोकन गरेका छन् ।
कलेजको शैक्षिक भ्रमणको क्रममा पोखरा आउने क्रममा आइतबार उनीहरुले पोखरामा संचालित रेडियो बाराही ९९।२ को स्थलगत अवलोकन पनि गरेका हुन् ।
प्राध्यापक केशव ढुंगानाले सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अवलोकनका कार्यक्रमको आयोजना गर्ने गरेको बताउनुभयो ।
विद्यार्थीहरुलाई मिडिया बिषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा प्रभावकारी हुने उहाँको भनाई थियो ।
राष्ट्रिय समाचार समिति राससका गण्डकी प्रदेश प्रमुख बासुदेव पौडेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरेमात्र विश्व विद्यालयले प्रदान गरेको शिक्षाले सार्थकता पाउने बताउनुभयो ।
त्यस्तै रेडियो बाराहीकी न्युजरिडर देबिका तामाङले रेडियोसँग सम्बन्धित बिषयमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो । उहाँले रेडियो एउटा सुचनाको संवाहक रहेको भन्दै अहिलेको समयमा रेडियो आधुनिकतातिर ढल्किदै गई केही परिस्कृत भएको समेत बताउनुभयो ।
सो अवलोकनमा आएका विद्यार्थीहरुले रेडियोसग सम्बन्धित आ–आफ्ना जिज्ञासा पनि राखेका थिए ।
करिब ४० जना विद्यार्थी, कलेजका प्राध्यापकहरु उपस्थिती रहेको सो अवलोकनमा कलेजको तर्फबाट रेडियो बाराहीलाई माया चिनो समेत प्रदान गरिएको थियो ।

Advertisement