Wednesday, July 8

नेफ्स्कुन निर्वाचनमा एकीकृत समाजवादीको सतप्रतिशत जित

नेपालअखबार, काठमाडौँ। देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को ३२औं साधारणसभा तथा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले संघमा दोस्रो स्थान हासिल गरेको छ।

Advertisement

गठबन्धन गरी निर्वाचन प्रक्रियामा सामेल भएका केन्द्रीय कोषाध्यक्ष दिपक थापा र दुई जना सञ्चालक नवराज अर्याल र वीरबहादुर रावत भोटे अत्यधिक मतकासाथ निर्वाचित हुनु भएको छ।

Advertisement
Advertisement

nabaraj-aryal,-sita-chandra-1-1703489438.jpg

Advertisement

 

नेफ्स्कूनको यही पुस ७ र ८ गते काठमाडौँमा सम्पन्न ३२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट एकीकृत समाजवादीबाट कोषाध्यक्ष दिपक थापा, सञ्चालकमा नवराज अर्याल र वीरबहादुर राउत भोटे निर्वाचित हुनु भएको हो।  सञ्चालकमा निर्वाचित अर्याल समाजवादी सहकारी संगठनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने भोटे र थापा पार्टीको जिम्मेवार पदमा हुनुहुन्छ।

सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ। ढकालले एक हजार एक सय ९६ मत प्राप्त गर्नु भएको हो। चुनावमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत हुनुहुन्छ। वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी निर्वाचित हुनुभएको छ।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश), शोभाकुमारी राउत (मधेस प्रदेश), खेमराज सुवेदी (बाग्मती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश), ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) विजयी हुनु भएको छ।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योती पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित हुनु भएको छ। गएराति सम्पन्न मतदानमा कुल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए।