Saturday, July 11

बालकुमारी घटनाबारे सुरक्षा निकायसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

नेपालअखबार, काठमाडौँ। शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन् ।

Advertisement

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए।

Advertisement
Advertisement

ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका थिए । प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।

Advertisement